नेपालको जनसंख्या करिब ३ करोड

५ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, युएनएफपीएले नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको छ । विश्व जनसंख्या स्थिति २०१० नामक प्रतिवेदन सार्वजनिक गर्दै युएनएफपीएले बुधवार उक्त तथ्यांकले सार्वजनिक गरेको हो ।

त्यसैगरी प्रतिवेदनमा नेपालको बाल मृत्यु दर प्रती एक हजार ३८ रहेको पनि उल्लेख गरिएको छ । त्यस्तै नेपालली पुरुष ६६.६ वर्ष र महिला ६८.२ वर्ष बाँच्ने पनि प्रतिबेदनमा उल्लेख छ ।

त्यस्तै नेपालको जनसंख्या वृध्दिदर १ दशमलव ८ प्रतिशत रहेको र अहिले २ करोड ९९ लाख रहेको नेपालको जनसंख्या सन् २०५० मा ४ करोड ९० लाख पुग्ने अनुमान पनि प्रतिबेदनमा गरिएको छ ।

0 comments:

Post a Comment