५ कार्तिक, सुनसरी । सुनसरी हरिनगरा गाविसका दुई युवक बिहीबार स्थानिय चन्दामोहना नहरमा बेपत्ता भएका छन् । नवदुर्गको मुर्ती सेलाउन भनी चन्दामोहना नहरमा गएका हरिनगरा ७ का १६ वर्षिय ज्योतिकुमार देव र सोही गाविस वडा नम्बर ३ का राजेन्द्रकुमार देव बेपत्ता भएका हुन् ।
इलाका प्रहरी कार्यालय हरिनगराका अनुसार स्थानिय वासिन्दाहरुसँगै गएका उनिहरु मुर्ति सेलाउने क्रममा डुबेर बेपत्ता भयका हुन् । उनिहरु दुबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment