५ कार्तिक, चितवन । चितवनको पिप्ले ६ लोथरमा यात्रुवाहक बस रोकिराखेको ट्रकमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य १८ जना यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौंबाट विरगञ्जतर्फ जादै गरेको ना ३ ख ३३०७ नम्बरको बस पौने ११ बजे लोथर बजारमा रोकीराखेको ना ४ ख ३६४८ नम्बरको ट्रकमा ठोक्किएको थियो ।
मृत्यु हुनेमा बसका सहचालक रोशन र यात्रु उमाकर प्रसाद रहेका छन् । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment