माओवादी अध्यक्ष दाहाल चीन जादै

५ कार्तिक, काठमाडौं । चीनमा चलिरहेको साङ्घाइ एक्सपोमा सहभागि हुन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुश्पकमल दाहाल त्यसतर्फ जाने भएका छन् । शुक्रवार विहान १० बजे दाहालसहित विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, पोलिटव्युरो सदस्य अग्नी सापकोटा, स्वकीय सचिव समिर दाहाल र एक अंगरक्षक जाने माओवादीले जनाएको छ ।

भ्रमणका क्रममा दाहालले सांघाइमा हुने एक अन्र्तक्रिया कार्यक्रममा सम्बोधन गर्ने तय भएको नेता महराले जानकारी दिए । एक्सोमा सहभागि चिनियाँ नेताहरुसँग भेटवार्ता गर्ने तय भएको छ भने एक्सोपछि बेजिङ जाने र चिनीयाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।

यद्यपि माओवादीले यस भ्रमण राजनीतिक नभएको जनाएको छ । सार्वजनिक भएपछि माओवादी अध्यक्ष दाहालको यो तेस्रो चिन भ्रमण हो । प्रधानमन्त्री भएपछि उनले पहिलो पटक ओलम्पीक खेल हेर्ने बहानामा चिनको भ्रमण गरेका थिए । त्यस्तै गतवर्ष माओवालदी अध्यक्षको हैसियतमा राष्ट्रपति हु जिन्ताओसँग पनि भेटवार्ता गरेका थिए ।

0 comments:

Post a Comment