१५ सयको जागिरका लागि बालकको हत्या

५ कार्तिक, काठमाडौं । एक गैर सरकारी संस्थामा १५ सयको जागिर खान नपाएको झोकमा एक नाबलकको हत्या भएको छ । आसमान नेपाल नामक गैर सरकारी संस्थामा जागिरका लागि बालकका बाबुले पैरवी नगरेको रिसइवीका कारण बालकको अपहरण गरी हत्या गरिएको रहस्य खुलेको हो ।

असोज २३ गते दुहवी गाविस ८ बाट अपहरित लक्ष्मेश्वर यादवका ५ वर्षिय छोरा दीपेश यादवलाई सोही गाउँकै विनोद मुखिया, उनका बाबु रामदेव मुखिया तथा साथी रामबाबु यादवले हत्या गरेको रहस्य खुलेको हो । प्रहरीले यस घटनामा संलग्न रहेका रामदेव मुखिया तथा साथी रामबाबु यादवलाई पक्राउ गरेको छ भने घटनाका मुख्य योजनाकार विनोद मुखिया भने अझै फरार छन् ।

0 comments:

Post a Comment