सहमति खोज्ने प्रयास भइरहेको छ: दाहाल

५ कार्तिक, काठमाडौं । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान लेखनका क्रममा देखिएका विवादित विषयको टुङ्गो लगाउन कार्यदलमर्फत प्रयास भइरहेको बताएका छन । साङ्घाई एक्स्पो-२०१० को समापन समारोहमा भाग लिन शुक्रबार चीनतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।

केही दिन अघी बिबादित बिषयमा राजनैतिक सहमती जुटाउन प्रमुख दलका शीर्ष नेताहरू सम्मिलित सात सदस्यीय कार्यदलले गठन गरिएको थियो । जसको संयोजका माओवादी अध्यक्ष दाहाल हुन ।

सहमति खोज्नेबारे प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि पटकपटक कुराकानी हुँदै आएको बताउदै दाहालले प्रयास सकारात्मक दिशातिर अघि बढिरहेको बताए ।

चिनमा रहँदा त्यहाँका नेता, उच्चस्तरीय सरकारी अधिकारी र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रतिनिधिहरूसँग विभिन्न विषयमा कुराकानी हुनसक्ने दाहालले जानकारी दिए ।

भ्रमण टोलीमा विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, पोलिटब्युरो सदस्य अग्निप्रसाद सापकोटा र स्वकीय सहयोगी समीर दाहाल रहेका छन ।

0 comments:

Post a Comment