रङ्गमन्च, म्युजिक भिडियो हुँदै चलचित्र निर्देशनमा पाईला टेकेका निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेको चलचित्र 'स्वर' को प्रदर्शन मिती नजिकिंदै गएको छ । चलचित्रको प्रदर्शन मिती जति नजिकिंदै छ यो चलचित्रका कलाकार देखि लिएर प्राबिधिक तथा निर्माता यसको रिजल्ट हेर्न निकै आतुर छन् । पछिल्लो समयमा सबैले आश गरेको यो चलचित्रमा अभिनय गरेका ६ जना नयाँ कलाकारहरूको भबिष्य पनि यहि चलचित्रले निर्धारण गर्ने बताईएको छ । हुनत चलचित्रका निर्देशक पौडेल चलचित्रमा अभिनय गरेका ६ कलाकार केकी अधिकारी, रीमा विश्वकर्मा,यसराज कार्की, अमित पोखरेल, बेनिशा हमाल र जेएस पाण्डेबाट निकै आशाबादी छन् । यी ६ कलाकारमा पनि बिशेष गरी तीननवनायिका केकी अधिकारी, रीमा विश्वकर्मा र बेनिशा हमालले गरेको कामको प्रतिक्षामा धेरै चलचित्रकर्मी रहेको बुझिएको छ । कारण रजतपटमा नायिकाहरूको खडेरी । केही निर्देशकहरूले त नेपाली चलचित्र उधोगमा नायिकाहरू निकै कम रहेको बताउँदै आएका छन् र नयाँ नयाँ अनुहारको खोजी गरिरहेका छन् । नयाँ नायिकाहरूको खोजी भईरहेको अवस्थामा 'स्वर' का यि तीन नवनायिकाहरूले आगामी दिनहरूमा आफ्नो स्थान कत्तिको सुरक्षित राख्न सक्छन् त्यो त चलचित्र 'स्वर' प्रदर्शन भएपछि नै थाहा हुनेछ । तर चलचित्र 'स्वर' प्रदर्शन हुनु पूर्व फिल्मीखबरले यि तीन नवनायिकालाई नजिकबाट नियाल्ने प्रयाश गरेको छ । जसको माध्यम सोही चलचित्रका निर्देशक प्रशन्न पौडेल बनेका छन् । निर्देशक पौडेलसँग नवनायिका त्रय केकी, रीमा र बेनिशाको अभिनय क्षमता र केही राम्रा पक्ष र सुधार्नु पर्ने पक्षको बारेमा फिल्मीखबरले बुझ्ने प्रयास गरेको थियो । स्वरमा गरेको अभिनयलाई आधार मान्दै फिल्मीखबरले निर्देशक प्रशन्नलाई यि तीन नवनायिकाको अभिनयलाई मूल्याङन गर्न आग्रह गरेपछि उनले १० पूर्णाङ्कमा केकीलाई ९, रीमालाई ८ र बेनिशालाई ७ अंक दिन मिल्ने बताए । यी तीन नवनायिकाले आफ्ना केही कमजोरीहरूलाई सुधार गरे भबिश्यमा तीनै जना सफल कलाकार बन्ने प्रशन्नले दाबी गरे । सुधार्नु पर्ने कुरा के त ? फिल्मीखबरले प्रश्न तेर्स्याउने बित्तिकै प्रशन्न बोली हाले, 'केकीमा नवरसको राम्रो ज्ञान छ त्यसैले उसले सुधार गर्नुपर्ने खासै कुरा केही छैन तर कहिलेकाहीं कन्ट्युनिटीलाई ध्यान दिन सक्दिन जसले गर्दा अभिनय राम्रो गर्दा गर्दै पनि सिनमा जर्क देखिन्छ।' यता नृत्यमा निकै दख्खल मानिएकी रीमालाई प्रशन्नले शरिरको भोलुम बढाउनु निकै आवश्यक रहेको बताए । उनले भने, 'रीमाको भ्वाईस कमान्डिङ छ तर उसको शरिरले त्यति साथ दिएको छैन ।' अभिनयमा ७ अंक पाएकी अर्की नायिका बेनिशालाई प्रशन्नले सबै प्रकारको नृत्यमा सक्षम बन्न सुझाव दिए । डाईलग डेलिभरी र एक्सप्रेशन राम्रो हुँदा हुँदै पनि कहिलेकाहीं चाहिने भन्दा बढि अभिनय गरिदिंदा समस्या आउने प्रशन्नको भनाई छ । आशा गरौं यि नवनायिकाहरूले आफ्नो कमजोरीहरूलाई औल्याउँदै निकट भबिश्यमै चलचित्र उधोगमा नायिकाको अभावलाई केहि हदसम्म परिपूर्ती गर्न सफल बनुन् । नवनायिका त्रय केकी, रीमा र बेनिशालाई फिल्मीखबरको शुभकामना ! |
0 comments:
Post a Comment